काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोका क्रममा म्याक्सस ई–टेरेन पिकअप ट्रकका ४४ वटा बुकिङ भएको जनाएको छ। बुकिङ भएका सवारीमध्ये ३६ वटा कम्फर्ट र ८ वटा प्रिमियम भर्सन रहेका छन्।
कम्पनीले करिब तीन साताअघि मात्रै सार्वजनिक गरेको ई–टेरेन कम्फर्ट भर्सनलाई रु. ८८ लाखमा बजारमा ल्याएको थियो। नाइमा मोबिलिटी एक्सपोका अवसरमा यसमा रु. २ लाख छुट दिइएको थियो। त्यस्तै, रु. १ करोड २८ लाख मूल्य रहेको प्रिमियम भर्सनमा रु. ५ लाख छुटको व्यवस्था गरिएको थियो।
नाइमा मोबिलिटी एक्सपोका लागि मात्र घोषणा गरिएको छुट सुविधा ग्राहकको अनुरोधपछि केही दिन थप गरिएको कम्पनीले जनाएको छ। अब ग्राहकले भदौ १५ गतेसम्म उक्त छुटमा म्याक्सस ई–टेरेन बुकिङ गर्न सक्नेछन्। यसका लागि काठमाडौंको हात्तीसारस्थित म्याक्ससको सोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
परिवार र व्यवसाय दुवैका लागि लक्षित
‘परिवार र व्यवसायका लागि एउटै सवारी’ नारासहित बजारमा आएको म्याक्सस ई–टेरेन छोटो समयमै नेपाली बजारमा लोकप्रिय बनेको कम्पनीको दाबी छ। विशेषगरी युवा ग्राहक, कच्ची सडकमा यात्रा गर्ने तथा क्याम्पिङमा रुचि राख्ने ग्राहकले यसलाई रुचाएको जनाइएको छ।
आक्रामक डिजाइन, सुविधासम्पन्न कारमा पाइने विभिन्न फिचर तथा निजी र व्यावसायिक दुवै प्रयोजनमा उपयोग गर्न सकिने क्षमताका कारण ई–टेरेनप्रति ग्राहकको आकर्षण बढेको कम्पनीले जनाएको छ।
उच्च ग्राउन्ड क्लियरेन्सका कारण निर्माण तथा जलविद्युत् क्षेत्रमा कार्यरत व्यवसायीका लागि समेत यो विद्युतीय पिकअप उपयोगी हुने कम्पनीको भनाइ छ। विद्युतीय सवारी भएकाले सञ्चालन लागतसमेत तुलनात्मक रूपमा किफायती हुने जनाइएको छ।
म्याक्सस पिकअप चीनको SAIC अन्तर्गतको प्रतिष्ठित ब्रान्ड Maxus ले उत्पादन गर्दै आएको हो। ब्रान्डको विश्वसनीयता तथा नेपालमा हिमालय मोटरक्सले उपलब्ध गराउँदै आएको बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स र सर्भिस सुविधाले ग्राहकको विश्वास बढाउन सहयोग गरेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार छुट सुविधा लिन इच्छुक ग्राहकले भदौ १५ गतेभित्र हात्तीसारस्थित म्याक्सस सोरुममा गई बुकिङ गर्न सक्नेछन्।