प्रतिनिधि सभा बैठक आज पनि बस्दै, दुई विधेयक पेश हुँदै

  • मिति : भदौ ३, २०८३
191 Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्ने भएको छ । संघीय संसद भवन सिंहदरबारमा बस्ने बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संसोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, उर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्नेसम्बन्धी सम्झौता’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।