कांग्रेस महाधिवेशन : २ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

  • मिति : अशोज २१, २०८३
514 Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी फिर्ता लिन बुधबार दिउँसो २ बजेसम्मको समय तोकिएको छ।

मंगलबार उम्मेदवारी दर्ता भएसँगै निर्वाचन समितिले आज उम्मेदवारको नाम सच्याउने, उम्मेदवारी फिर्ता लिने तथा मतदाता नामावलीमा छुटेका नाम सच्याउने समय दिएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन र मतदाता नामावलीमा आवश्यक संशोधन गर्न सकिनेछ।

महाधिवेशनको चौथो दिन आज बन्दसत्र पनि जारी रहनेछ। बन्दसत्रबाट सभापति गगन थापाको राजनीतिक प्रतिवेदनसहित चारवटा प्रतिवेदन पारित गर्ने तयारी कांग्रेसको छ।

बन्दसत्र सकिएपछि कांग्रेस नेतृत्व चयनको निर्वाचन प्रक्रियातर्फ अघि बढ्नेछ। नयाँ नेतृत्वका लागि बिहीबार मतदान हुने निर्वाचन समितिले जनाएको छ।