काठमाडौं । Ampere Nepal ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। “नयाँ सवारी, नयाँ उमङ्ग यसपालिको महाचाड Ampere सँग” भन्ने अभियानअन्तर्गत ग्राहकले विभिन्न छुट तथा सुविधा पाउनुका साथै लक्की ड्रमार्फत रु. १ लाख जित्ने अवसर पाउनेछन्।
योजनाअन्तर्गत Ampere Nexus तथा Magnus खरिद गर्ने ग्राहकले रु. २०,००० नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप रु. २०,००० मूल्याङ्कनमध्ये एक सुविधा रोज्न सक्नेछन्। साथै, ग्राहकले एक वर्ष निःशुल्क सर्भिसिङ, सात वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
चाडपर्व योजनाको मुख्य आकर्षणका रूपमा अफर अवधिभित्र Ampere स्कुटर खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत रु. १ लाख जित्ने अवसर पाउनेछन्। त्यस्तै, Ampere REO VYB मोडलमा रु. १०,००० नगद छुट वा रु. १०,००० थप एक्सचेन्ज मूल्याङ्कनमध्ये एक सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।
Ampere Nepal का अनुसार चाडपर्वको अवसरमा ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्नुका साथै इलेक्ट्रिक मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने उद्देश्यले योजना ल्याइएको हो। कम्पनीका इलेक्ट्रिक स्कुटरहरू देशभर विस्तार हुँदै गएको शोरुम तथा डिलर नेटवर्कमार्फत उपलब्ध छन्।
ग्राहकले नजिकैको Ampere शोरुममा पुगेर स्कुटर अवलोकन, टेस्ट राइड तथा एक्सचेन्ज मूल्याङ्कनसम्बन्धी जानकारी लिन सक्नेछन्। कम्पनीका अनुसार अफरअन्तर्गतका सबै सुविधा तथा लक्की ड्रका लागि लागू हुने नियम तथा सर्तहरू पालना गर्नुपर्नेछ।
यो चाडपर्व योजना छठ पूजासम्म लागू हुने बताइएको छ। नेपालमा Ampere लाई STC Auto Solution Pvt. Ltd. ले प्रतिनिधित्व गर्दै आएको छ भने कम्पनीले देशभर आफ्नो शोरुम तथा डिलर नेटवर्क विस्तार गरिरहेको जनाएको छ।