काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, जेठ महिनाको अन्तिम दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि गत जेठ २९ गते सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ३७० रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन जेठ २९ गते चाँदी प्रतितोला ४ हजार ८४० रुपैयाँमा स्थिर रहेको थियो। आज चाँदीको मूल्यमा ५५ रुपैयाँको बढोत्तरी देखिएको छ।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ। प