काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । भदौ पहिलो साता चीन भ्रमणमा जाने तय भएको भ्रमण तत्कालका लागि स्थगित भएको हो । उनी अब असोज तिर मात्रै चीन जान सक्ने बताइएको छ ।
लामिछानेको भ्रमण स्थगित भएपनि सांसदहरूको एक टोली भने ७ दिनका लागि चीन भ्रमणमा जाने तय भएको छ। बेइजिङमा हुने विकासशील देशका सांसदहरूको ८औँ सेमिनारमा सहभागी हुन पाँच जनाको टोली भोलि भदौ ८ गते चीन जाने भएको हो।
चीन जाने सांसदको टोलीमा सांसद कमल सुवेदी, झक्कु सुवेदी, किरण बाबु श्रेष्ठ, यज्ञबहादुर बोगटी र संघीय संसद्का उपसचिव शारदा भण्डारी रहेका छन् ।