काठमाडौं : नेकपा एमाले नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनर्गठनको अर्थ के हो भन्दै प्रश्न गरेकी छन्। सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले यस्तो प्रश्र गरेकी हुन्। उनले पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली राख्नु हो भन्ने जिज्ञासा व्यक्त गरेकी छन्।
उनले भनिन्, ‘यदि पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन?’
जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै उनले प्रश्न गरेकी छन्।
‘अझ रोचक कुरा के छ भने जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि नै एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन उठेन?’