सुनको मूल्य बढ्दा चाँदीको घट्यो

  • मिति : भदौ ७, २०८३
344 Shares

काठमाडौं ।नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज प्रतितोला १० रूपैयाँले घटेको छ । जसअनुसार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।