मुम्बईमा १०७ वर्षयताकै भारी वर्षा, अधिकांश स्थान जलमग्न

  • मिति : जेष्ठ १२, २०८२
1.9K Shares

काठमाडौं : भारतको मुम्बईमा १०७ वर्षयताकै भारी वर्षा भएको छ । सोमबार मनसुनको पहिलो दिनमा नै शहरमा उच्च वर्षा भएको छ। वर्षा अझै जारी रहेकाले महाराष्ट्र सरकारले उच्च सतर्कता अपनाउन भनेको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार मुम्बईमा वर्षासँगै मनसुन पनि सामान्य भन्दा १६ दिन अगाडि नै शहरमा आइपुगेको छ। दक्षिणपश्चिम मनसुन आज, २६ मेमा मुम्बई प्रवेश गरेको छ, यसअघि मनसुन जुन ११ मामात्रै प्रवेश गर्ने गरेको थियो । यसरी, मनसुन सामान्य भन्दा १६ दिन अगाडि मुम्बईमा आइपुगेको विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार, सन् १९१८ मामात्रै योभन्दा ठूलो वषा मापन भएको थियो । इन्डियन एक्सप्रेसका अनुसार, बृहन्मुम्बई महानगरपालिकाको रेकर्ड अनुसार, सोमबार बिहानको रातिलदेखि बिहान ११ बजेको बीचमा दक्षिण मुम्बईका धेरै भागहरूमा २०० मिमी भन्दा बढी वर्षा भएको थियो। यसबाहेक, कोलाबा वेधशालामा, मुम्बईमा सबैभन्दा बढी २९५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। यसअघिको रेकर्ड मे १९१८ मा २७९.४ मिमी सम्म वर्षा भएको थियो।