काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंको ठमेलस्थित रमदा अन्कोर बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले रमदा अन्कोरका होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाना तथा पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। साथै, होटलका विभिन्न सेवा तथा सुविधा उपयोग गर्दा ग्राहकलाई किस्ताबन्दी (EMI) सुविधा समेत उपलब्ध गराइने जनाइएको छ।
वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने कुमारी बैंकका ग्राहकले आफ्नो जन्मदिनमा निःशुल्क केक प्राप्त गर्ने सुविधा पाउनेछन्। यस्तै, पारिवारिक जमघट तथा कार्यक्रमका लागि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ।
रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने ग्राहकले एक दिनको कोठा निःशुल्क प्राप्त गर्ने सुविधा समेत पाउनेछन्। ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’ मा पनि विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाईमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गरिँदै आएको छ।
बैंकले आगामी दिनमा समेत ग्राहकलाई सरल, सहज र उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले विभिन्न व्यवसाय तथा सेवा प्रदायकसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।