काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले ललितपुरको बालकुमारीस्थित एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले उक्त क्लबमा उपलब्ध विभिन्न सेवा तथा सुविधामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
एथलेट ल्यान्ड एन्ड ट्रेनिङ क्लबमा एमएमए, बक्सिङ, एडभान्स्ड कार्डियो, ग्रुप फिटनेस क्लासेस, जुम्बा तथा योगा लगायतका सेवा उपलब्ध छन्। साथै, वर्कआउटपछि आराम तथा रिल्याक्सेसनका लागि साउना सुविधासमेत रहेको जनाइएको छ।
उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
मुक्तिनाथ विकास बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न संस्था तथा व्यवसायसँग सहकार्य गर्दै आएको जनाएको छ। बैंकका अनुसार यस्ता सहकार्यले ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न गैर-बैंकिङ क्षेत्रमा समेत थप सुविधा प्राप्त गर्न सहयोग पुग्नेछ।