भारत । भारतको ओडिशा राज्यस्थित कीआईआईटी (KIIT) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली महिला छात्रा मृत अवस्थामा फेला परेकी छिन्।
विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थीहरूका अनुसार उक्त छात्रा आज बिहान मृत अवस्थामा भेटिएको पुष्टि भएको छ।
स्थानिय मिडियाहरूले समेत घटनाबारे समाचार प्रकाशित गरेका छन्।
हाल घटनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन भने भारतीय प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।
नेपाली दूतावास तथा सम्बन्धित निकायहरू घटनाप्रति चासो देखाउँदै थप जानकारी संकलनमा जुटेका छन्।
घटनाबारे थप विवरणहरु आउने क्रम जारी छ। यो घटनाले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति चिन्ता थपिएको छ।