‘स्तन छुनु’लाई बलात्कार नमान्ने इलाहाबाद उच्च अदालतको फैसलालाई सर्वोच्चले रोक्यो

  • मिति : चैत्र १४, २०८१
3.1K Shares

काठमाडौँ । भारतको सर्वोच्च अदालतले बुधबार (मार्च २६) इलाहाबाद उच्च अदालतको विवादास्पद निर्णयमा रोक लगाएको छ। इलाहाबाद उच्च अदालतले मार्च १७ को आफ्नो फैसलामा भनेको थियो कि ‘पीडितको छाती छुनु र उनको सुरुवालको डोरी खोल्नुलाई बलात्कार वा बलात्कार प्रयासको मुद्दाको रूपमा मान्न सकिँदैन।’

इलाहाबाद उच्च अदालतको मार्च १७ को फैसलाविरुद्ध ‘वी द वुमन अफ इन्डिया’ नामक संस्थाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि सर्वोच्च अदालतले यस विषयमा स्वतः संज्ञान लिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशहरू बीआर गवई र एजी मसिहको इजलासले फैसलाले ‘पूर्ण रूपमा असंवेदनशील र अमानवीय दृष्टिकोण’ देखाएकाले फैसलालाई रोक्न आवश्यक भएको बताएको छ। एजेन्सी