सानिमा जीआईसी इन्स्योरेन्सको सीईओमा पुनः सुद्युम्न प्रसाद उपाध्याय

  • मिति : भदौ २५, २०८३
922 Shares

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न प्रसाद उपाध्याय पुनः नियुक्त भएका छन्।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई दोस्रो कार्यकालका लागि सीईओ पदमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो।

उपाध्यायको वर्तमान कार्यकाल आगामी कात्तिक ६ गते समाप्त हुँदै थियो। सञ्चालक समितिको निर्णयअनुसार उनलाई थप चार वर्षका लागि निरन्तरता दिँदै २०८७ कात्तिक ६ गतेसम्म कम्पनीको सीईओमा पुनर्नियुक्त गरिएको हो।

दोस्रो कार्यकालका लागि पुनर्नियुक्त भएसँगै उपाध्यायले आगामी चार वर्षसम्म कम्पनीको नेतृत्व सम्हाल्नेछन्।