प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • मिति : अशोज ८, २०८३
378 Shares

काठमाडौं। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हाल साढे १५ अर्ब रुपैयाँ मौज्दात रहेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात छ।

कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खाताहरूमा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात रहेको हो । यस्तै, दुई वटा वाणिज्य बैंकमा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलर मौज्दात छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।