पर्वतको फर्सेमा कालीगण्डकीले २५ घर बगायो

  • मिति : अशोज ११, २०८३
293 Shares

काठमाडौ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीले २५ घर बगाएको छ ।

लगातारको बर्षापछि बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका हुन् ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो ।

बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका छन् ।

घटनामा मानवीय क्षति भने भएको छैन । जोखिममा रहेका बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।