नेशनल लाइफ इन्स्योरेन्सद्वारा उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

  • मिति : भदौ १६, २०८३
1.7K Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढिबाट धनजनको क्षति भएकोमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि कम्पनीले उक्त कोषमा १ करोड ५१ लाख रुपैयाँको आर्थिक सहयोग गरेको हो । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सोमबार एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे ।

बाढी जस्तो अप्रत्याशित प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति कम्पनी परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।

कम्पनीले आफ्ना सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरूलाई उद्धार कार्यमा सक्रियताका साथ जुट्न समेत अनुरोध गरेको छ ।