काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अध्यक्ष डा. खलिलुर रहमानसँग भेटवार्ता गरेका छन् ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले महासभाको ८१औँ अधिवेशनको अध्यक्ष पदमा निर्वाचित भएकोमा रहमानलाई बधाई दिदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
साथै, उनले अध्यक्षको कार्यकालमा नेपालका तर्फबाट पूर्ण रूपमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।
भेटका क्रममा दुवैबीच महासभा अध्यक्षका प्राथमिकताका विषय तथा संयुक्त राष्ट्रसंघलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई थप सुदृढ बनाउने महत्त्वबारे छलफल भएको थियो ।
सो अवसरमा नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य विपद्का प्रभाव र त्यसले पुर्याएको क्षतिका विषयमा समेत विचार आदानप्रदान भएको थियो ।