धनगढी । डडेल्धुरामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
बैतडीको सिगास गाउँपालिका–३ घर भएर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ को स्थानीय जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनी जंगलमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । घटनाअघि उनले झुन्डिन लागेको तस्वीर समेत आफ्नी श्रीमतीलाई पठाएको खुलेको छ ।
श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि खोजी थालिएको थियो । खोजीका क्रममा उनी मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।