काठमाडौँ : फिफा विश्वकपको फाइनल आज स्पेन र अर्जेन्टिनाबीच खेल हुँदैछ। ६० वर्षमा प्रतियोगितामा यी दुई टोली पहिलो पटक आमनेसामने भएका छन्। यो खेल न्यूयोर्कको न्यु जर्सी स्टेडियममा बिहान १२:४५ बजे सुरु हुनेछ।
स्पेनले बुधबार भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने अर्जेन्टिना बिहीबार इंग्ल्याण्डलाई २-१ ले हराउँदै उपाधि रक्षाको नजिक पुगेको हो । अब फाइनलमा उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना र १६ वर्षपछि फाइनल पुगेको स्पेन बीच प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा छ ।