सुरुङबाट उद्धार गरिएका महर्जनलाई छाउनी ल्याइँदै

  • मिति : भदौ १९, २०८३
463 Shares

काठमाडौँ : त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनलाई काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उनलाई उपचारका लागि नेपाल आर्मीको छाउनी अस्पताल ल्याइँदैछ ।

उनलाई हेलिकप्टरमार्फत छाउनी ल्याइँदै गरिएको बस्नेतले बताए । रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो ।