ताइवानले भन्यो: चिनियाँ लडाकु विमान र युद्धपोत हाम्रो क्षेत्रमा प्रवेश गरे

  • मिति : जेष्ठ ११, २०८२
3.1K Shares

काठमाडौँ : ताइवानले चिनियाँ विमान र उनीहरूका युद्धपोतले सीमा उल्लंघन गरेको आरोप लगाएको छ। ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले आइतबार चिनियाँ विमान र उनीहरूका युद्धपोत ताइवानवरिपरि घुमिरहेको देखिएको बताएको हो।

ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘आइतबार बिहान ६ बजेतिर पिपुल्स लिबरेसन आर्मीको लडाकु विमानले ताइवानवरिपरिको मध्य रेखा पार गर्‍यो र आठ पिपुल्स लिबरेसन आर्मी नेवी युद्धपोतहरूले सीमा उल्लंघन गरे।’

उसले अगाडि भनेको छ, ‘हामीले परिस्थितिमा नजर राखेका छौँ र तद्नुसार प्रतिक्रिया दिएका छौँ।’ यसअघि शनिबार पनि ताइवानवरिपरि आठ चिनियाँ विमान, १३ युद्धपोत र दुई आधिकारिक जहाज देखिएको दाबी ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले गरेको छ।