आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत

  • मिति : बैशाख २९, २०८२
2.9K Shares

वासिङ्टन डिसी । अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनको लागि आफ्नो पारस्परिक कर ११५ प्रतिशतले घटाउने बताएका हुन्। स्विट्जरल्याण्डमा भन्सार शुल्कको बारेमा अमेरिका र चीनबिच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो।