वासिङ्टन डिसी । ट्रम्प प्रशासनले ४३ देशका नागरिकहरूलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाको यात्रामा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । यस विषयमा जानकार अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा फराकिलो हुनेछ ।
ट्रम्प प्रशासनको आन्तरिक प्रस्तावमा निम्न देशहरूको सूची दिइएको छ जसका नागरिकहरूले अमेरिका प्रवेशमा प्रतिबन्धको सामना गर्न सक्छन्। नाम न छाप्ने सर्तमा बोल्ने अधिकारीहरूले यो सूची केही हप्ता अघि विदेश विभागले तयार गरेको थियो । यो ह्वाइट हाउसमा पुग्दासम्म परिवर्तनहरू हुने सम्भावना छ।
