गाजामा बन्धक बनाइएकालाई रिहा गर्न हमासलाई ट्रम्पको चेतावनी

  • मिति : फाल्गुन २२, २०८१
1.3K Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  गाजामा बन्धक बनाइएकालाई रिहा गर्न भन्दै हमासलाई अन्तिम चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा ट्रम्पले ‘इजरायललाई आफुहरुले सबैथोक दिएको तर, काम पुरा नगरेको’ उल्लेख गरेका छन् ।

आफुले भनेको नमान्दा हमासका एक पनि सदस्य सुरक्षित नरहने चेतावनी समेत दिएका छन् । ट्रम्पको यो अभिव्यक्ति ह्वाइट हाउसद्वरा बन्धकहरुको मामिलामा हमाससँग सोझो कुराकानी पश्चात आएको बीबीसीले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले कडा चेतावनी दिँदै यदि बन्धकलाई रिहा गर्ने काम पुरा नगरे ‘निकै ठूलो मूल्य चुकाउन पर्ने’ बताएका छन् । यद्यपि, उनले इजरायललाई कस्तो खाले सहायता पठाएको भन्नेबारे केही खुलाएका छैनन् ।