आयुष खान र अश्विनी शाहीको अभिनयमा “दुई कदम” सार्वजनिक

  • मिति : माघ २३, २०८१
3.4K Shares

काठमाडौं। आयुष खान र अश्विनी शाहीको रोमाञ्चक अभिनयमा आधारित ूदुई कदमू बोलको गीत सार्वजनिक भएको छ, जसले माया र पिरतीको भावनालाई अत्यन्त रमाइलो र आकर्षक तरिकामा प्रस्तुत गरेको छ।

उक्त गीतको शब्द, संगीत र आवाज भ्वाइस अफ नेपालबाट बाहिरिएका गायक रबिन भुसालको रहेको छ। साथै गीतको भिडियो निर्देशन बिशाल नेपालीले गरेका हुन् भने, छायांकन दिनेश पराजुलीको रहेको छ भिडियोमा आयुष खान र अश्विनी शाहीको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

आधुनिक शैलीमा तयार पारिएको यस गीतले माया, पिरतीको भावनालाई प्रस्तुत गरेको छ, जसमा मोड्ल आयुष खान र अश्विनी शाहीको विशेष प्रशंसा गरिएको छ ।