रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास फेला

  • मिति : साउन २८, २०८३
429 Shares

काठमाडौँ : बजारमा खाना पकाउने ग्यासको अभाव देखिएर उपभोक्ता हैरान भइरहेका बेला काठमाडौंस्थित रेडिसन होटलमा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको भेटिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा होटलमा १८४ वटा भरिएका ग्यास सिलिन्डर फेला परेको हो।

विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन्। त्यस्तै, होटलका विभिन्न चुलोमा करिब ७० वटा ग्यास सिलिन्डर प्रयोग भइरहेको समेत अनुगमनका क्रममा पाइएको विभागले जनाएको छ।