रोशन तामाङको अभिनयले तान्यो दर्शकको नजर, “मायालुको घुर्की प्यारो” सार्वनिक

  • मिति : असार १२, २०८३
4.7K Shares

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा नयाँ पुस्ताका कलाकारहरू उदाउँदै जाने क्रममा नयाँ मोडल रोशन तामाङ पनि आफ्नो प्रभावशाली अभिनयका साथ दर्शकमाझ आएका छन्। रोशन तामाङ र शिल्पा पोखरेलको अभिनय रहेको प्रेमिल गीत “मायालुको घुर्की प्यारो” सार्वजनिक भएको छ।

“बाबुल गिरी” अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतमा रोशन तामाङको अभिनय मुख्य आकर्षण बनेको छ। प्रेम, भावना र सम्बन्धको मिठास बोकेको कथामा रोशनले आफ्नो अभिनय क्षमता देखाउँदै भिडियोमा नयाँ ऊर्जा थपेका छन्।

गीतमा चर्चित संगीतकार तथा गायक बाबुल गिरी र लोकप्रिय गायिका रचना रिमाल को सुमधुर आवाज रहेको छ। गीतको शब्द, संगीत, मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी पनि बाबुल गिरीले नै सम्हालेका छन् भने रेकर्डिङको काम शंकर सिंह ठकुरीले गरेका हुन्।

म्युजिक भिडियोको निर्देशन संगीत सागर बुर्जाले गरेका छन्। भिडियोमा शिल्पा पोखरेल र नयाँ मोडल रोशन तामाङको आकर्षक जोडी प्रस्तुत गरिएको छ। मुकेश हुमागाईंको टिमको सिनेमेटोग्राफी र पदम सुवेदीको सम्पादनले भिडियोलाई थप उत्कृष्ट बनाएको छ।

माया, विश्वास र आत्मीय सम्बन्धको कथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको “मायालुको घुर्की प्यारो” ले दर्शकको ध्यान खिचिरहेको छ। मधुर संगीतसँगै नयाँ मोडल रोशन तामाङको स्वाभाविक अभिनयले गीतलाई थप विशेष बनाएको छ भने उनको यो प्रस्तुति म्युजिक भिडियो क्षेत्रमा नयाँ यात्राको बलियो सुरुवातका रूपमा हेरिएको छ।