वाशिङटनडिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

  • मिति : माघ १७, २०८१
2K Shares

काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।