रवि लामिछानेको बयान जारी, आजै सक्ने तयारी

1.6K Shares

बुटवल : सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज तेस्रो दिन पनि भैरहवामा बयान जारी छ। भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर उनको बयान सुरू भएको प्रहरीले जनाएको छ।

गत मंगलबार पोखराबाट भैरहवा ल्याइएका लामिछानेको दुई दिनसम्म पनि बयान नसकिएपछि आज तेस्रो दिन बयान भइरहेको हो। प्रहरीले बिहीबार साँझसम्म बयान सक्ने तयारी गरेको छ। दुई दिन जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखिएका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको कडा सुरक्षाबीच सरकारी वकिल कर्यालय लगेको छ।