ठमेलबाट ५८ जना विदेशी नागरिक नियन्त्रणमा

  • मिति : अशोज ६, २०८३
310 Shares

काठमाडौँ। प्रहरीले काठमाडौँको ठमेलमा स्विप अपरेशन सञ्चालन गरेर ५८ जना विदेशीलाई नियन्त्रणमा लिएको छ । सोमबार राति काठमाडौँको ठमेल क्षेत्रबाट प्रहरीले चिनियाँ नागरिक र बङ्गलादेशका नागरिकहरूलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मध्ये ४ जना बङ्गलादेशी नागरिक भिसाको प्रयोजन विपरीत बसेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेले बताए । आइटी क्षेत्रमा काम गर्ने भिसा लिएर उनीहरुले काठमाडौँको कपडा पसलमा काम गरेका हुन् । अवैध गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ परेका अन्य विदेशी नागरिकहरूलाई प्रहरीले रिहा गरेको छ ।