काठमाडौं बन्यो विश्वकै छैटौं प्रदूषित सहर

987 Shares

काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको  प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । आईक्यू एअरका अनुसार पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा छ । लाहोरको प्रदूषण मापन ७५५ मापन गरिएको छ । छिमेकी भारतको राजधानी शहर नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा बढेर गम्भीर श्रेणीमा पुगेको छ ।

बुधबार बिहान एक्यूआई ४ सयभन्दा माथि पुगेको छ । कतिपय स्थानमा यो ४५० भन्दा माथि पुगेको छ । यसलाई हावामा प्रदूषणको मात्रा गम्भीर तहमा पुगेको मानिन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चिसो बढेसँगै यी क्षेत्रमा वायु प्रदूषण गम्भीर तहमा पुग्ने गरेको छ । दिल्लीको प्रदूषण ४२३ मापन गरिएको छ । तेस्रो स्थानमा भियतनामको हानोई, चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर छन् ।