सुनको मूल्य मुल्री घट्यो ; आज कतिमा हुँदैछ कारोबार ?

1.8K Shares

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन सय र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।

योसँगै आज छापावाल सुन १ लाख ४४ हजार ७ सय र तेजाबी सुन १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यसैगरी चाँदी प्रतितोला १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

गत साउन ९ गते उच्च मूल्यमा पुगेको सुन त्यसयता भने घटेको हो । यसअघि बिहीबार छापावाल सुन १ लाख ४५ हजार र तेजाबी सुन १ लाख ४४ हजार ३०० तथा चाँदी १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यता अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ३७० र चाँदी प्रतिऔँस २७ अमेरिकी डलरमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन् ।