काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–२ स्थित बीपी कोइरालाको सालिक तोडफोड भएको छ । गएराति अज्ञात समूहले जिल्ला पार्टी कार्यालय अगाडि रहेको कांग्रेस संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको सालिक तोडफोड गरेको बताइएको छ ।
सालिक तोडफोड भएको तस्वीरहरु फेसबुकमा राख्दै कांग्रेस कावासोती–६ का सभापति दीपेन्द्र बस्यालले घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।