रुखमा चढेर घाँस काट्ने क्रममा लडेर लिम्बुको मृत्यु

  • मिति : कार्तिक २७, २०८३
89 Shares

सङ्खुवासभा : सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् ।

आज दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिए । घटनाबारे आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक सुन्दरकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।