काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८५ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार ११८ जनामाथि कारबाही गरिएको छ ।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १२१, रेड लाइट उल्लंघन गर्ने ३६, सीसीटीभीमार्फत पहिचान भएका ३०, सवारीको अवस्था ठीक नभएका २१, अनावश्यक हर्न बजाउने १०, लेन अनुशासन उल्लंघन गर्ने ६ र एकतर्फी सडकमा नियम उल्लंघन गर्ने ४ जनामाथि कारबाही गरिएको छ । यसैगरी, अन्य कसुरमा ३३९ जनामाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।