मनकामना केबलकार भोलि बन्द हुने

  • मिति : अशोज १९, २०८३
429 Shares

चितवन : मनकामना केबलकार भोलि मंगलबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै भोलि मंगलबार एक दिन केबलकार सेवा बन्द रहने जनाएको छ ।

सेवालाई सुरक्षित र व्यवस्थित बनाउन नियमित मर्मत सम्भार आवश्यक रहेको चाडपर्व अगाडि नै नियमित तालिका अनुसार नै मर्मतका कामहरू गर्न लागिएको कम्पनीले जनाएको छ । २१ असोज बुधबारदेखि नियमित रूपमा केवलकार सेवा सञ्चलन हुने जनाइएको छ ।