तेजुलाल चौधरीले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

  • मिति : अशोज १९, २०८३
531 Shares

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तेजुलाल चौधरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । चौधरीले थारु क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् ।

‘इमानदार, निष्ठावान्, नेतृत्व विकासप्रेमी र भ्रष्टाचारविरोधी’ नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत  मंगलबार मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।