रास्वपा सभापति लामिछाने र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता

  • मिति : अशोज १९, २०८३
650 Shares

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच भेटवार्ता भएको छ।

सोमबार भएको भेटवार्तामा नेपाल-अस्ट्रेलियाको आफसी हितका विषयमा कुराकानी भएको छ। त्यस्तै, दुई देशको सम्बन्धका विभिन्न विषयमा खुला छलफल भएको नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले जानकारी दिएको छ।

भेटवार्ताका क्रममा आर्थिक विकास, सामाजिक न्याय, लोकतन्त्र र सुशासनलगायतका विषयमा छलफल भएको दूतावासले जनाएको छ।

नेपाल र अस्ट्रेलियाबीच आगामी दिनमा पनि निरन्तर संवाद, सहकार्य र सम्बन्ध विस्तार हुने अपेक्षा रहेको राजदूत अर्न्स्टले भेटका क्रममा बताएको छन्।