काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भोलि (आइतबार)देखि सुरु हुँदैछ । महाधिवेशनको पूर्वसन्ध्यामा नयाँ कार्यसमितिको पदाधिकारीका लागि उम्मेदवार घोषणा गर्ने क्रम तीव्र बनेको छ ।
महाधिवेशनमा सभापतिबाहेक अन्य पदमा महाभिडन्त हुने देखिएको छ ।
सबैभन्दा बढी महामन्त्रीमा नेताहरूबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । अहिलेसम्म एक दर्जन नेताले महामन्त्रीमा दाबी गरेका छन् ।
यसैक्रममा कांग्रेस नेता सुनिल शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।
शर्माले शनिबार पत्रकार सम्मेलन गरी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘राज्यलाई जनतासँग, जनताको आवाजलाई पार्टीको नीति र निर्णयसँग जोड्दै समयले मागेको रूपान्तरणलाई संस्थागत गर्ने संकल्पसहित नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा ‘महामन्त्री पदमा प्रतिस्पर्धा गर्दैछु’ शर्माले भने ।