काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज (शनिबार) बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे छलफल हुने रास्वपाले जनाएको छ ।
यस्तै, विभागीय प्रमुख र उपप्रमुख मनोनयन गर्ने लगायतका विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।