युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न

463 Shares

काठमाडौं । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा. लि.ले आयोजना गरेको ‘UNITED DEALERS SUMMIT 2083’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ। कम्पनीका डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्ध थप सुदृढ गर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने डिलर तथा व्यक्तिलाई सम्मान गर्ने र नयाँ उत्पादन सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सेप्टेम्बर २१ देखि २५, २०२६ सम्म पटायास्थित द होलिडे रिसोर्टमा आयोजना गरिएको हो।

कार्यक्रममा कम्पनीसँग आबद्ध विभिन्न क्षेत्रका डिलर तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। Veedol Lubricant र Nepal Gold Lubricant ब्रान्डका डिलरहरूले कम्पनीसँगको सहकार्य, आपसी अनुभव, व्यवसायिक सम्भावना, बजारका अवसर तथा आगामी रणनीतिबारे छलफल तथा अन्तरक्रिया गरेका थिए।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा उत्कृष्ट डिलर तथा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई अवार्ड सेरेमोनीमार्फत सम्मान गरिएको थियो। व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने डिलर तथा टप परफर्मरहरूको योगदानको कदर गर्दै उनीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

सोही अवसरमा कम्पनीले बाइक तथा स्कुटरका लागि नयाँ इन्जिन आयल, स्कुटर गियर आयल, चेन ल्युब तथा डिजेल एक्जस्ट फ्लुइड (DEF) समेत सार्वजनिक गरेको छ। नयाँ उत्पादनको सुरुवातसँगै ग्राहकको बदलिँदो आवश्यकता तथा बजारको मागअनुसार उत्पादन पोर्टफोलियो विस्तार गर्ने दिशामा कम्पनी अघि बढेको जनाएको छ।

कार्यक्रममा व्यवसायिक छलफलसँगै विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिसमेत आयोजना गरिएको थियो। यस्ता गतिविधिले कम्पनी, डिलर तथा व्यावसायिक साझेदारबीचको सम्बन्धलाई थप आत्मीय र मजबुत बनाउन सहयोग पुगेको कम्पनीको भनाइ छ।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा. लि.का डेपुटी जनरल म्यानेजर दिनेश खनालले ‘UNITED DEALERS SUMMIT 2083’ सफल, फलदायी र ऊर्जावान रहेको बताए। उनका अनुसार कार्यक्रमले कम्पनी र डिलरबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै आगामी दिनमा व्यवसायिक विकास तथा नयाँ अवसरका लागि सकारात्मक ऊर्जा प्रदान गरेको छ।

कम्पनीका अनुसार ‘UNITED DEALERS SUMMIT 2083’ ले कम्पनी, डिलर तथा व्यावसायिक साझेदारबीचको सहकार्य, विश्वास र सम्बन्धलाई थप मजबुत बनाउँदै आगामी व्यवसायिक यात्राका लागि नयाँ उत्साह र ऊर्जा प्रदान गरेको छ।