कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, भोलिबाट पूर्णरूपमा सवारी सञ्चालन

  • मिति : भदौ ३१, २०८३
429 Shares

काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।

सडक विभागका अनुसार ट्रयाक खोल्ने काम सकिएसँगै भोलि बिहीबारबाट उक्त सडकखण्डमा पूर्णरूपमा सवारीसाधन सञ्चालन हुनेछ ।

आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो ।