ऋषिपञ्चमी नुहाउने क्रममा खोलाले बगाएर महिलाको मृत्यु

  • मिति : भदौ ३०, २०८३
480 Shares

स्याङजा । स्याङजामा ऋषिमञ्चमी नुहाउने क्रममा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका-९ भूम्रेकी ५३ वर्षीया माया पाण्डेलाई आँधीखोलाले बगाउँदा मृत्यु भएको हो ।

उनको शव चार किलोमिटर तल शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको थियो ।