एमाले पुनर्गठन कार्यदलको बैठकमा दुईवटा प्रतिवेदन पेश, थप छलफल गरेर एउटै बनाउने निर्णय

  • मिति : भदौ २६, २०८३
344 Shares

काठमाडौं । नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको छ।

बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै ‘डकुमेन्ट’ प्रस्तुत गरेका थिए । एउटा ‘महासचिवको तर्फबाट’ र अर्को ‘मेरो तर्फबाट’ भन्दै उनले ती दस्तावेज प्रस्तुत गरेका हुन् ।

छलफलका क्रममा छुट्टाछुट्टै प्रतिवेदन बनाउनु उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेश गर्ने छलफल भएको बताइएको छ ।

बैठकले आज प्रस्तुत भएका दुवै ‘डकुमेन्ट’को अध्ययन गर्ने र भोलिदेखि आवासीय रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरेको छ।