नेपालमा टनेल रेस्क्यु टिम र बेलिब्रिज पठाउँदैछौँ : भारत

  • मिति : भदौ १२, २०८३
480 Shares

काठमाडौँ : भारतले एउटा ‘टनेल रेस्क्यु टिम’ नेपाल पठाउने तयारी भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालको अनुरोधमा सो टोली पठाउन लागिएको बताएका छन्।

नेपालमा नेसनल डिजास्टर रेस्पोन्स फोर्सका उद्धारकर्तालाई पठाउने प्रस्ताव गरेको पनि उनले जानकारी दिए। त्यसबारे नेपालको जवाफको प्रतीक्षामा रहेको उनको भनाइ छ।