काठमाडौं । सभामुख डीपी अर्यालले संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई रूलिङ गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरू भएलगत्तै विपक्षीले विरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गरेका हुन्।
सीमा सम्बन्धी अभिव्यक्तिको र प्रश्नोत्तरमा सहभागी भइ प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग सहित बिपक्षी दलले लामो समयदेखि सदनमा विरोध जनाउदै आएका छन् । सभामुखको निर्देशनपछि बिपक्षी दलका सांसदहरुले आसन ग्रहण गरेका थिए ।