इरानमा फेरि अमेरिकी हवाई हमला, जवाफमा बहराइन, कुवेत र जोर्डनमाथि तेहरानको क्षेप्यास्त्र आक्रमण

  • मिति : असार ३२, २०८३
599 Shares

काठमाडौं । अमेरिकाले इरानको सैन्य लक्ष्यहरूमा फेरि हवाई हमला गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार बिहीबार बिहानै गरिएको आक्रमणहरूले सिस्तान–बलुचिस्तानमा रहेका क्षेप्यास्त्र प्रहार गर्ने स्थलहरू, प्रतिरक्षा संरचनाहरू र ब्रिगेडको ब्यारेकलाई लक्षित गरेको हो ।

जवाफी कारबाहीमा इरानले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाहरूमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । बहराइन र कुवेतमा क्षेप्यास्त्रसम्बन्धी चेतावनी जारी गरिएको थियो । जोर्डनले इरानका तीनवटा क्षेप्यास्त्र खसालेको दाबी गरेको छ ।

यसैबीच, इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले यदि अमेरिका पछि नहटेमा इरान ठूलो सैन्य भिडन्तका लागि तयार रहेको बताएका छन् ।

यस्तै, इरानको रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले मध्यपूर्वबाट हुने तेल तथा ग्यासको निर्यात रोक्ने चेतावनी दिएको छ ।