दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड बिगो दाबी गर्दै मुद्दा दायर

  • मिति : जेष्ठ २९, २०८३
497 Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।

बिहीबार राति ११ बजे दर्ता भएको मुद्दामा सुलभ अग्रवाल, सहिल अग्रवाल र शंकरलाल अग्रवालसहित ३४ व्यक्ति र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

प्रतिवादी मध्यका सुलभ अग्रवाललाई २५ अर्बभन्दा बढी बिगो कायम गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

अभियोगपत्रमा अंक र अक्षरमा बिगो फरक परेका कारण विशेष अदालतले अभियोगको विवरण सार्वजनिक नगरेको हो ।