कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

  • मिति : साउन २६, २०८३
310 Shares

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ११:३० बजे बैठक बस्न लागेको हो।

आइतबारदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक, आर्थिक तथा जनजीविकासँग सम्बन्धित विषयहरूमाथि छलफल जारी छ। सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका थिए। सबै विषयमाथि विस्तृत छलफल जारी रहेकाले बैठकलाई निरन्तरता दिन आज पुनः बोलाइएको हो।

बैठकमा विशेष गरी खाना पकाउने ग्यासको सहज आपूर्ति, रासायनिक मलको उपलब्धता, किसानका उत्पादनको बजार व्यवस्थापन, कालोबजारी नियन्त्रण तथा सरकारको ऊर्जा नीति लगायतका विषयमा गहन छलफल भइरहेको कांग्रेसले जनाएको छ। यसअघि आइतबारको बैठकमा महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव तथा एजेन्डा पेस गरेका थिए।